Kathmandu Press

नेपाल प्रहरी अस्पतालमा कोभिड–१९ खोप केन्द्र

काठमाडौं, माघ १४ : नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कोभिड–१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले...
नेपाल प्रहरी अस्पतालमा कोभिड–१९ खोप केन्द्र
Hardik ivfHardik ivf

काठमाडौं, माघ १४ : नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कोभिड–१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गरेका हुन्  ।

नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सवारी चालक लगायतका व्यक्तिहरुलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ । 

नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो । यस केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका व्यक्तिहरुलाई खोप लगाउने योजना रहेको छ ।  

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्