पूर्वपश्चिम राजमार्ग दुर्घटना, दुईको मृत्यु
चितवन, माघ १३ : पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको...चितवन, माघ १३ : पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाईकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन्।
प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पूर्णबहादुरको सारंगी’मा प्रकाश सपूतशुक्रबार, वैशाख १४, २०८१
अर्थमन्त्री पुन र मुख्यमन्त्री कँडेलबीच छलफलशुक्रबार, वैशाख १४, २०८१
कक्षा १० मा पढ्ने सल्यानटारका दुई विद्यार्थीले बनाए विद्युतीय गाडीशुक्रबार, वैशाख १४, २०८१
प्रधानमन्त्री दाहाल मोरङमाशुक्रबार, वैशाख १४, २०८१