
काठमाडौं, माघ ११ : कुटपिट गरी जेठानीको हत्या गरेको आरोपमा देउरानी पक्राउ परेकी छिन् । सो अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ४४ वर्षीया भगवती बुढाथोकी शनिबार साँझ पक्राउ परेकी हुन् ।
भगवतीले ४८ वर्षीया देवरानी आइती बुढाथोकीलाई कुटपिट गरेरपछि उनी गम्भीर घाइते भएकी थिइन् । यसपछि आइतीलाई उपचाराका लागि लखनउ लगिएको थियो । उपचारकै क्रममा आइतीको मृत्यु भएको थियो ।