Kathmandu Press

बागमती प्रदेश सभा बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

मकवानपुर, माघ ९ : बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजेदेखि बस्न लागेको छ। आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वास...
बागमती प्रदेश सभा बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

मकवानपुर, माघ ९ : बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजेदेखि बस्न लागेको छ। आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुने जनाएको छ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री  पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गएराति छलफल गरेका थिए। छलफलमा आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

Hardik ivf

प्रदेश सभाको कार्यपरामर्श समितिको बैठकले सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर बैठक बोलाउन आग्रह गरेको थियो। त्यहिअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको सचिवालयका सचिव खड्काले बताए।

प्रदेश सभाको सातौँ अधिवेशन माघ ७ गते सुरु भएको थियो। दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त राखेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए। (रासस)

प्रकाशित मिति: १०:१८ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्