Kathmandu Press

‘पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ’

‘इमानदारको खडेरी देशमा परेको हुँदैन। कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?’ उनले भने।  
‘पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ’

ललितपुर, जेठ २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन्। 

रातोपाटी डटकमले १२ओैं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको  समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरेका हुन्। 

Hardik ivf

‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, अलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्ग्याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने । 

इमानदारको खडेरी देशमा नपर्ने भन्दै कसैले स्वार्थले इमानदार नदेख्ने बताए। ‘इमानदारको खडेरी देशमा परेको हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?’ उनले भने।  

उनले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढंगले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताए । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए। 
 

प्रकाशित मिति: २२:३५ बजे, मंगलबार, जेठ २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्