Kathmandu Press

मदर टेरेसा, महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइनको गेटअपमा देखिन चाहन्थे सुशान्तसिंह राजपुत

बलिउडकी चर्चित मेकअप आर्टिस्ट प्रीतिशील सिंहले दिवंगत अभिनेता सुशान्तसिंह राजपुत मदर टेरेसा, महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइनको गेटअपमा देखिन चाहेको खुलास गरेकी छिन् ।
मदर टेरेसा, महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइनको गेटअपमा देखिन चाहन्थे सुशान्तसिंह राजपुत

लिउडकी चर्चित मेकअप आर्टिस्ट प्रीतिशील सिंहले दिवंगत अभिनेता सुशान्तसिंह राजपुत मदर टेरेसा, महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइनको गेटअपमा देखिन चाहेको खुलास गरेकी छिन् । उनले सुशान्तको जन्मदिनका अवसरमा दैनिक भास्करसँगको कुराकानीमा सुशान्त आफ्ना अघिल्लो प्रजेक्टमा टेरेसा, गान्धी र आइन्स्टाइनको भूमिका देखिन चाहेको बताएकी हुन् ।

प्रीतिशीलले फिल्म ‘छिछोरे’मा सुशान्तसँगै काम गरेकी थिइन् । छिछोरेमा सुशान्तलाई एक युवा विद्यार्थीका गेटअपमा देखाउन प्रीतिशीलको भूमिका अह्म थियो । प्रीतिशलले कुराकानीका क्रममा सुशान्तसँग जोडिएका तर अहिलेसम्म बाहिर नभएका केही कुरा बताएकी छिन् ।

Hardik ivf

‘छिछोरे फिल्मको सुटिङका क्रममा जब सुशान्तलाई तयार गरिरहेको थिएँ, तब उनले आफूलाई हेर्दै भने– विना कपालको यो लुक्स मनपर्‍यो,’ प्रीतिशीलले भनिन्,  ‘उनी आफूलाई फरक फरक गेटअपमा देखाउने चाहना राख्थे । यति मात्र होइन्, उनी आफ्ना गेटअपसँग जोडिका हरेक क्रिएटिभिटी मसँग सेयर गर्थे ।’

सुशान्त एक क्रिएटिभ कलाकार भएको उनले प्रीतिशीलले बताएकी छिन् । उनले छिछोरेको सुटिङकै क्रममा सुशान्तले आफूसँग आफ्नो आगमी प्रोजेक्टकाबारे पनि कुराकानी गरेको बताएकी छिन् ।

‘उनी एक यस्तो प्रोजेक्टमा काम गरिरहेका थिए, जसमा उनी मदर टेरेसा, महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइनको गेटअपमा देखिँदै थिए,’ प्रीतिशीलले भनिन्, ‘उनले मसँग यी गेटअप तयार गर्ने विषयमा कुरा गरेका थिए । सुशान्तले आफ्नो लागे एक लुक बुक बनाएका थिए, जहाँ उनी ७ ठूला मानिसको गेटअपमा आफू देखाउन चाहन्थे ।’ 

यो प्रोजेक्टका विषयमा सुशान्त र आफूबीच धेरैदिन्न चर्चा भएको उनले बताएकी छिन् । यो प्रोजेक्टलाई लिएर सुशान्त निकै उत्साहित भएको पनि प्रीतिशीलले बताएकी छिन् । 

तर, सुशान्तले यो प्रोजेक्ट भने गर्न पाएनन् । उनी सन् २०२० अप्रिल १४मा बान्द्रस्थित आफ्नो फ्लाइटमा मृत भेटिएका थिए । सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ मृत्युको ३ महिनापछि २४ जुलाईमा प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्