‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’

काठमाडाैं, माघ ८ :  उपमेयरकाे कार्यकक्षमा माघ ६ गते मध्याह्न सेवाग्राहीसँग छलफलमा व्यस्त थिइन्, गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल। ‘कोभिड महामारी भएकाले खास योजनामा काम भएको छैन,’ उपमेयर नेपालले भनिन्, ‘अहिले सेवाग्राहीका समस्या सुन्ने, समाधान खोज्नेमै व्यस्त छु। अब सहज हुँदै गएपछि खास कार्यक्रम ल्याउने तयारीमा छौँ।’

काठमाडौं प्रेसको ‘जनप्रतिनिधि  महिला’ शृंखलाका लागि कुरा गर्न उनले हामीलाई समय दिएकी थिइन्। ‘तपाईं उपप्रमुख हुँदासम्मको संघर्षको कथा, पृष्ठभूमि हामीलाई सुनाउनुपर्छ’ अन्तर्वार्ताको विषय अगाडि नै भनिएको थियो।

यसको उद्देश्य यो हो कि एउटी महिलालाई राजनीतिमा लाग्न कति सहज वा अप्ठेरा छन्, त्यो कथाले अरुलाई प्रेरणा मिलोस्, तत्कालीन र वर्तमान समाजको ऐना पनि देखियोस्। आज एउटा स्थानीय सरकारको उपप्रमुख रहेकी उनीसँग व्यक्तिगत दुःखसुखका कहानी थुप्रै रहेछन्।

‘७ कक्षासम्म चप्पल नलगाई स्कुल गएँ’

गोकर्णेश्वर नगरपालिका–७ मा जन्मेकी हुन् शान्ति,२०२३ भदौ २७मा। उनकाबुवा सनातन उपाध्याय नेपाल प्रहरीको अनुसन्धान विभाग अन्तर्गत काम गर्थे। बुवा शिक्षित भएका कारण उनले पढ्ने अवसर पाएकी थिइन्।

शान्ति नेपाल।

उनका बुवाले दुई विवाह गरेका थिए। जसमा उनकी आमा जेठी थिइन्। उनकी आमातर्फ दुई बहिनी र एक भाइ अनि कान्छी आमातर्फ दुई दिदी र एक भाइ भए। उनी भन्छिन्, ‘तर बुवा शिक्षित भएकाले छोराछोरीको विभेद नगरी पढाउनुभयो।’

गोकर्णमा आधारभूत तजेलु भवानीबाट उनको शिक्षा सुरु भयो। त्यसपछि गोकर्ण मावि, सहयोगी मावि हुँदै०३८ सालमा उनले चामुण्डा स्कुलबाट दोस्रो श्रेणीमा एसएलसी पास गरिन्। ‘सानो–सानो कक्षा पढ्दात्यतिबेला स्कुल पोसाक लगाउने चलन थिएन,’ शान्ति भन्छिन्, ‘७ कक्षासम्म चप्पल नलगाई विद्यालय जान्थेँ।चामुण्डा पढ्न थालेपछिमात्र स्कुल पोसाक र चप्पल लगाउन पाएँ। दशैंमा स्कुलको युनिफर्महालिदिँदा जति खुसी अहिले १० हजारको सारी लगाउँदा पनि मिल्दैन।’

त्यतिबेला उनले पढ्ने विद्यालयकोपोसाकमा अकासे रङको सर्ट र नीलो फर्कथियो, अनिवार्य भने थिएन। आर्थिक अवस्था राम्रो हुनेले स्कुल पोसाक लगाउँथे, न्यून वर्गका विद्यार्थीलेचोलो–फरिया र घाँगर लगाएरविद्यालय जाने गर्थे।

‘साँझघर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’

२०३८ माघमा उनका बाबुले गोकर्णमा गोकर्णेश्वर महादेवविद्यालय खोले। एसएलसी पास भएपछि शान्ति बुवाको स्कुलमा शिक्षिका भइन्। जहाँ उनको तलब थियो, दुई हजार रुपैयाँ।

शिक्षक पेसा गर्दै थिइनँ। एक दिन विद्यालयबाट घर फर्कंदा उनले थाहा पाइन्– बिहेका लागि परिवारले केटा हेरी केटालाई टीका समेत लगाएर फर्काइदिइसकेका रहेछन्।

हनुमानढोकास्थित बसोबास गर्दै आएका२६ वर्षीय द्वारिकानाथ नेपालसँग उनको बिहेछिनिएछ। उनी हाँस्दैभन्छिन्, ‘केटा र केटीलाई एक्लाएक्लै टीका लगाइदिएका थिए।’

द्वारिकानाथस्वास्थ्य विभाग टेकुमा कार्यरतथिए। उतिबेला सरकारी जागिरेलाई छोरी दिन पाउनु ठूलो कुरा थियो। त्यसैले उनको परिवारले उनलाई नसोधी बिहे छिनेको थियो। उपप्रमुख नेपाल मुसुक्क हाँस्दै भन्छिन्,‘अहिलेजस्तो कानुन हुन्थ्यो भने बालविवाहको मुद्दा लाग्थ्यो। म भदौमा १६ वर्ष पूरा भएर १७ वर्ष लाग्थेँ,असारमै मेरो विवाह भयो।’

तर, उनलेआफ्नो विवाहलाई लिएर जीवनमा कुनै गुनासो गर्नुपरेन। उनको वैवाहिक जीवन सौहार्दपूर्ण अघि बढ्यो। विवाहपछिका सफलतामा श्रीमान् सहयोगी भइदिए। अझ भनौँ, दुवै एक रथका दुई पांग्रा भएर अगाडि बढे।

विवाहको एक वर्षपछि (०४१ देखि)उनी पुनः शिक्षण पेसामा फर्किइन्। हनुमानढोकाबाट गोकर्णमा पढाउन जान टाढा पथ्र्यो, त्यसैले उनीहरू चावहिलमाडेरा लिएर बस्न थाले। त्यतिबेलामिनी बस चल्थ्यो।

२०४१ माघमा उनले छोरालाई जन्म दिइन्।बच्चालाई हेरचाह गर्दै शिक्षण पेसा गरिरहिन्। उनको बुवाले उनलाई गोकर्णमा जग्गा किनेर घर बनाउन सघाए। त्यसपछिउनी गोकर्णकै स्थायीबासिन्दा भएर रहिन्।

शिक्षा र राजनीति

८–९ कक्षातिर पढ्दा उनी विद्यालयबाट जुलुसमा हिँडेकी थिइन्। त्यतिबेला पञ्चायतविरुद्ध र बहुदलका पक्षमा जनताले आन्दोलन गर्न सुरु गरिसकेका थिए। ‘त्यतिबेला जुलुसमा हिँड्दा घाँटीमा हरियो रंगको कपडा लगाउँदा बहुदलको पक्षमा भन्ने बुझिँदो रहेछ,’ शान्ति भन्छिन्, ‘बुबाले घाँटीमा हरियो कपडा लगाउनुपर्छ भन्नुभएको थियो, सबै बुझेर त होइन, लहैलहैमा मैले त्यसै गरेँ।’

यसरी उनी अन्जानमै राजनीतिमा प्रवेश गरिन्। एसएलसी पास गरेको झन्डै सात वर्षपछि (०४५ सालमा) उनी पशुपति कलेजमा आइएमा भर्ना भइन्। त्यसपछि भने उनी अलि सचेत भएर राजनीतिमा लागिन्। त्यतिबेला राष्ट्रिय परिस्थिति पनि त्यस्तै थियो।

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनले मूर्त रूप लिँदै थियो। कलेजका विद्यार्थी राजनीतिमा सक्रिय थिए। ‘आइए पढ्न जाँदा नयाँ विद्यार्थीलाई युवा नेताले आफ्नो पार्टीको संगठनमा आबद्ध गराउन पहल गर्थे,’शान्ति भन्छिन्, ‘मेरो बुवा कांग्रेसका बारेमा कुरा गरिरहनुहुन्थ्यो, त्यसैले कलेजमा नेविसंघको सदस्य बनेँ।’

त्यसपछि उनी २०४५/४६ को पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएर लागिन्। ‘विवाहित महिला राजनीतिमा सक्रिय हुन निकै मुस्किल थियो,’शान्ति हँसिलो अनुहार बनाउँदै भन्छिन्, ‘श्रीमान्को सहयोग पाएर बाहिर हिँड्न पाएँ।’

२०४७ मा उनले दोस्रो सन्तानका रूपमा फेरिछोरालाई जन्म दिइन्। दुई छोराको हेरचाह गर्नुपर्ने भएपछि उनको अध्ययन अगाडि बढ्न पाएन। त्यसपछि उनीबुवाको विद्यालयमा प्रधानाध्यापक भइन्। त्यतिबेलात्यस स्कुलमा ८ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। ०५३ सालमा उनको बुवाको मृत्यु भयो। विद्यालयको रेखदेख गर्ने जिम्माउनको काँधमा पर्‍यो। २०५६ सालदेखिस्कुलले कक्षा १० सम्म पढाउने अनुमति पायो।

१ देखि १० कक्षासम्म ६÷७ सय विद्यार्थी थिए। शिक्षक र शिक्षिकात्यस्तै २५–३० जना थिए। एउटा भव्य स्कुललाई शान्तिले चलाइरहेकी थिइन्। आफ्नो बुवाको स्कुल चलाउन पाउँदा उनलाई गर्व महसुस थियो। तर, ०५७ भदौतिर स्कुलको स्वामित्वलाई लिएर आफ्नै भाइहरूसँग उनको विवाद पर्यो।  ‘त्यसपछि विद्यालयबाट एक रुपैयाँ नलिई घर फर्किएँ,’ शान्ति भन्छिन्,‘छोरी भएर बाबुले खोलेको विद्यालय चलाइरहेकाले सम्पत्तिका लागि विवाद परेको थियो।’

आफ्नै बाबुले खोलेको, आफूले गोडमेल गरेको स्कुलबाट एक्कासि बाहिरिनुपर्दा उनको मनमा चोट पुग्यो।नमीठो महसुस भयो।

२०५८ सालतिर उनी फेरिजागिर खोज्न हिँड्न थालिन्। शिक्षिकाबाहेक अन्य पेसामा काम गर्न रुचि नभएकाले शिक्षिका बन्न भौँतारिरहेकी थिइन्, उनको भेट त्रि–चन्द्र कलेजकी एक प्राध्यापकसँग भयो। ती प्राध्यापकले उनलाईट्युसन पढाउने व्यवस्था गरिदिइन्। एक वर्षजति ट्युसन पढाएपछि उनले गोकर्णकै सहयोगी उच्च माविमा जागिर पाइन्।यहाँ०७३ चैतसम्म अध्यापन गरेर उनले शिक्षण पेसाबाटअवकाश लिइन्। किनभने, ०७४ को स्थानीय तह निर्वाचनमा उनले टिकट पाउने भइन्।

राजनीतिक यात्रा

२०४५ सालमा सदस्यता लिएर सुरु भएको उनको राजनीतिक यात्राले ०५३ सम्म आउँदा गन्तव्य लिइसकेको थियो। शिक्षण पेसामा रहँदै उनले २०५३ सालमा नेपाल महिला संघ गोकर्ण एकाई अध्यक्षको भूमिकामा राजनीतिमा सक्रिय भएकी थिइन्।

२०६२/६३ को आन्दोलनमा उनी अघिल्लो मोर्चामै सक्रिय भइन्। ‘चुच्चेपाटीमा प्रहरी र आन्दोलनकारीबीच भिडन्त चलिरहेको थियो। गोली चलेपछि त्यहाँ भागाभाग भयो। त्यही बेला अकस्मात एक प्रहरीले मेरो छातीमा बन्दुक राख्यो,’ शान्ति भन्छिन्, ‘अब बाँच्दिनँ भन्ने डरले आँखा बन्द गरिदिएँ। भाग्न सक्ने अवस्थामा थिइनँ। तर प्रहरीले तँ महिला भएका कारण बाँचिस्’ भन्दै छाडिदियो।’

२०६४ मा उनी ३ नम्बर क्षेत्र महिला विभाग प्रमुखको रूपमा सक्रिय भइन्। ‘राजनीतिमा लाग्ने महिलालाई चरित्रहीन महिलाको दर्जा दिइन्थ्यो। साथै, घरबार सम्हाल्न नसक्ने आइमाईदेखि अनेक प्रहार हुन्थ्यो,’ उनी भन्छिन्, ‘समाज र आफन्तको विभेद सहँदै शिक्षण पेसासँगै राजनीतिमा लागिरहेँ।’

२०६७ मा नेपाली कांग्रेसको महाधिवेशनमा उनी ३ नम्बर क्षेत्रको पार्टीसचिव बनिन्। क्षेत्रीय सचिव भएका कारण ०७४ को स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई टिकट दियो।

टिकट पाएपछि उनी गोकर्णेश्वरमा भोट माग्न हिँडिन्। उपप्रमुखमा दाबेदार दुई महिला थिए– उनी र शान्ति श्रेष्ठ।
शान्ति श्रेष्ठको भन्दा पाँच सय भोट बढी आएकाले उनले उपप्रमुख हुने मौका पाइन्। ‘उप–प्रमुख भइसकेपछि आफ्नो भूमिका, काम, कर्तव्यबारे बुझ्न एक वर्ष समय लाग्यो,’ उनी भन्छिन्, ‘कार्यालयका हरेक व्यक्तिसँग सल्लाह–सुझाव लिइन्छ। तर, महिला उप–प्रमुखलाई सोधिँदैन।बिस्तारै बुझ्दै जाँदा आफ्नो काम र कर्तव्यप्रति आफैँ निडर भएर निर्णय गर्न थालेँ।’

उनको बुझाइमा राजनीति एक सेवा हो। सक्षम व्यक्ति पदमा बसेर आम जनतालाई सेवा–सुविधा दिने माध्यम राजनीति हो। तर, हाल पदका लागि लड्ने गरिन्छ। व्यक्तिगत फाइदा हेरिन्छ, त्यसैले अचेल राजनीतिको अर्थ  फोहोरी खेल भएको छ।

घरको काम महिला र बाहिरको काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने पुरुषवादी सोचले समाजमा अझै जरा गाडेको उनी बताउँछिन्। राजनीतिमा मात्रै होइन, अन्य क्षेत्रमा पनि महिलालाई काम गर्न असहज छ। अझै पनि महिलाहरु राजनीति गर्न, अर्थोपार्जनसँग जोडिन स्वतन्त्र छैनन्।‘महिला आफ्नै जोडबलले अघि बढ्नुपर्छ,’उनले भनिन्, ‘परिवार र कार्यालयको काम सम्हाल्न निकै कठिन हुन्छ। पुरुषबाहिर स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउँछन्।तर,महिलाले विभिन्न बाधाअड्चन छिचोलेर अघि बढ्नुपर्छ।’

उपप्रमुखको भूमिका

२०७६ को सुरुवातमाउप–प्रमुख शान्ति विवादमा परिन्। गोकर्णेश्वर नगरपालिका–७ स्थित एउटा सानो मन्दिरमा २०३८ सालतिर सिन्धुपाल्चोकका एक पुजारी ल्याएर राखिएको रहेछ।ती पुजारीलाई पञ्चायतीकालमा मन्दिरको रेखदेख गरी त्यहीँ स्थायी रुपमा बसोबास गर्न पाउने कागजपत्र गरिएको रहेछ। त्यही कागजपत्रका आधारमा घर बनाउने निर्णयलाई उनले पारित गरिदिएकी थिइन्।

पुजारीले सार्वजनिक स्थानमा घर बनाउन थालेको भन्दै स्थानीयलेविरोध गरे। ‘उप–प्रमुखले घर बनाउन अनुमति दिएको भन्दै कार्यालय घेराउ गरे,’ उनी भन्छिन्,‘उपप्रमुख मुर्दावादको नारासमेत लगाए।’उक्त विवाद हाल कानुनी प्रक्रियामा अगाडि बढेको छ।

केही उतारचढाव, अप्ठेरा आए पनि उनी आफ्नो काममा दृढ छन्। नगरवासी महिलाको आर्थिक अवस्था उकास्न र महिलालाई सक्षम बनाउन विभिन्न रोजगारमुखी कार्यक्रम गरेको उनको भनाइ छ। उनका अनुसार साबुन बनाउने तालिम,हस्तकलाको तालिम, हर्पिक बनाउने,सिलाइको तालिम लगायत आत्मनिर्भर बनाउनेतालिम नगरवासीलाई दिइएको बताइन्।

उनका अनुसार, तालिम लिएकामध्ये ५० प्रतिशतले उक्त सीपबाट गुजारा चलाइरहेका छन्। उनी भन्छिन्,‘अहिले उनीहरू काम गरिहेका छन्। एउटै सीप भएका महिलालाई समूहमा परिणत गरी औद्योगिक रूपमा अगाडि बढाउने योजना छ।’
उपप्रमुख शान्तिकोअहिले अन्य पेसा छैन। तलब ३२ हजार रुपैयाँले  आफ्नो खर्च चलाएको उनी बताउँछिन्।  हालउनका दुई छोरा निजी कार्यालयमा कार्यरत छन्।

 Published Date: Thursday, 21st January 2021 12:00:00 pm