ईयूका ३० देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्रीले गरे छलफल
छफलमा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए।
काठमाडौं, जेठ १२ : प्रधानमन्त्री बालेन शाहले युरोपियन युननियमा आबद्ध ३० देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन्।
उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको २ घण्टा सामूहिक छलफल गरेहका हुन्।
छफलमा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए।
सामूहिक शिष्टाचार भेटवार्ताको सुरुमा परराष्ट्रसचिव अमृतबहादुर राईले सबै राजदूत तथा नियोग उपप्रमुखहरूलाई स्वागत गरेका थिए। परराष्ट्र सचिवले आफ्नो स्वागत मन्तव्य सकेपछि क्रमशः सबै राजदूतहरूलाई प्रधानमन्त्रीसँग परिचय गराएका थिए।
राजदूतहरूले नेपाल र आफ्नो देशको सम्बन्धका बारेमा छोटकरीमा जानकारी दिएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीले वर्तमान सरकारका प्राथमिकताका बारेमा जानकारी गराएका थिए।