Kathmandu Press

संसद्‌मा विपक्षीको फेरि अवरोध, प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडान

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे।
संसद्‌मा विपक्षीको फेरि अवरोध, प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडान

काठमाडौं, जेठ १२ : विपक्षी दलहरूले संसद अवरद्ध गरेका छन्। 

संसदमा प्रधानमन्त्री बालेन्द्र शाह संसद् उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन्।

Hardik ivf

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे।

त्यसपछि सभामुखले बोल्न समय दिए। त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताए।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् भने नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए।

नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने आग्रह गरे। 

श्रम संस्कृति पार्टीका आरेन राइले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताए । आगामी पुस्तालाई के सन्देश दिने भनेर सबैले ख्याल गर्नुपर्ने उनको आग्रह छ।

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्