Kathmandu Press

अमेरिकाको ४६ ‍औँ राष्ट्रपति जो बाइडन को हुन् ?

आठ वर्षअमेरिकाको पहिलो काला वर्णको राष्ट्रपतिको उपाध्यक्ष र त्यसअघि दशकौंसम्म डेलावेयरबाट नेतृत्व गर्ने सिनेटर भइ राष्ट्रपति बन्नेसम्मको यात्रा उनको निकै लामो छ। यस लामो यात्राको अनुभवका कारण आज उनी यो रूपमा देखा परेका हुन्।
अमेरिकाको ४६ ‍औँ राष्ट्रपति जो बाइडन को हुन् ?

काठमाडौं, माघ ७ : पूर्वउपराष्ट्रपति जो बाइडेनले अमेरिकाको ४६ ‍औँ राष्ट्रपतिका रूपमा शपथ लिई अमेरिकी इतिहासको सबैभन्दा नाटकीय राजनीतिक संक्रमणकाललाई समाप्त पारेका छन्।

डोनाल्ड ट्रम्पको ४ वर्षे राष्ट्रपतीय कार्यकालपछि उनी यो पदभारमा नियुक्त भएका हुन्। अमेरिका थुप्रै संघर्षसँग जुझ्दै गरेको समयमा बाइडेन आएका छन्। देशले कोभिड महामारी र जातीय अन्यायका कारण बेहोरेको क्षति र संघर्ष एकातिर कायमै छ । अर्कोतिर चुनाव जितेर पनि क्यापिटल घेराबन्दीपछि टुंगिएको जितको पर्खाइ र अनुभुतिका साथ उनी आफ्नो कार्यकाल आरम्भ गर्दैछन्। बाइडेन एक शताब्दीभन्दा ज्यादा समयपछि देखिएका यस्ता राष्ट्रपति हुन्, जसलाई बाहिरिँदै गरेका राष्ट्रपतिले समेत अभिवादन दिएनन्।  

आठ वर्षअमेरिकाको पहिलो काला वर्णका राष्ट्रपतिको उपाध्यक्ष र त्यसअघि दशकौं डेलावेयरबाट नेतृत्व गर्ने सिनेटर भई राष्ट्रपति बन्नेसम्मको यात्रा निकै रोचक छ। यस लामो यात्राको अनुभवका कारण आज उनी यो रूपमा देखा परेका हुन्।

उनीबारे जान्नैपर्ने तथ्यहरू

नाम: जोसेफ रोबिनेट बाइडेन जुनियर
जन्म मिति: २० नोभेम्बर, १९४२
उमेर: ७८
पार्टी: डेमोक्र्याट
शिक्षा: डेलावेयर युनिभर्सिटी र सिराकुज कानून स्कुलबाट स्नातक
 

उनी के गर्थे :

  • सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाको उपराष्ट्रपति 
  • सन् १९७३ देखि सन् २००९ सम्म अमेरिकी संसदमा काम गर्दै सिनेटको विदेश सम्बन्ध समिति र सिनेट न्यायिक समितिको सदस्य र अध्यक्ष
  • कानुन स्कुलबाट पढाइ सकेपछि न्यू क्यासल काउन्टी काउन्सिलमा काम गरेका थिए
  • ह्वाइट हाउस छोडेदेखि बाइडेन र उनकी श्रीमतीले क्यान्सर रोकथाम, निदान, अनुसन्धान र हेरचाहको प्रयासका लागि लगानी गर्दै  बाइडेन क्यान्सर इनिसिएटिभ सुरू गरे 

जीवनका मुख्य क्षणहरू:

  •  उपराष्ट्रपति हुँदा सार्वजनिक रूपमा समलिंगी वैवाहिक सम्बन्धलाई समर्थन गरे।
  • महिला हिंसाविरूद्ध सन् २०१७ मा कलाकार लेडी गागासँग मिली यौन उत्पीडनविरूद्ध "इट इज अन अस" अभियानलाई समर्थन गरे।
  • ओबामाद्वारा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्राप्त गरे।
  • सन् २०१८ को मध्यतिर देशभर डेमोक्र्याटिक उम्मेदवारका लागि प्रचार अभियानमा संलग्न।
  • पेन्सिल्भेनिया युनिभर्सिटीले सन् २०१७ मा पेन बाइडेन सेन्टर फर डिप्लोमेसी केन्द्रको  स्थापना गरी बाइडेनको ‘कूटनीति र दूरगामी विश्व मुद्दाहरूको समझदारी’ लाई सम्मान। 
  • सन् २०१७ मा डेलावेयर विश्वविद्यालयले बाइडेनसँग साझेदारी घोषणा गरी बाइडेन घरेलु नीति संस्थान स्थापना ।
  • ५० वर्षको राजनीतिक जीवनमा तीनपटक राष्ट्रपतिका लागि उम्मेदवारी।
  • सन् १९८७ मा ब्रिटिस लेबर पार्टीका नेता निल किन्नोकको भाषण चोरी गरेको आरोप लागेका कारण उनको चुनावी प्रक्रिया रद्द भयो।
  • सन् २००८ मा राष्ट्रपतीय उम्मेदवारीमा कुल मतको एक प्रतिशत मात्रै बटुली पाँचौं स्थानमा सीमित। 


बाइडेनको विषेश योगदान र योजनाहरू 

बाइडनेले काला वर्णका र अल्पसंख्यक मानिसका लागि उच्च शिक्षाका योजना विस्तार गर्दै सामुदायिक क्याम्पसमा नि:शुल्क ट्युसनको व्यवस्था ल्याए। यस्ता सुविधालाई झनै विस्तार गर्ने उनको योजना छ।

जलवायु परिवर्तनलाई उनी संसारका चारवटा संकटमध्ये एक मान्छन्। सन् २०२० को गर्मीमा उनले एक व्यापक नयाँ प्रस्तावमा थालनी गर्दै अमेरिकामा सन् २०३५ भित्र कार्बन उत्सर्जन पूर्णतया समाप्त पार्ने पहल गर्दैछन्। उनको कार्यकालको चार वर्षभित्र दुई खर्ब अमेरिकी डलर यसमा खर्च गर्ने उनको योजना छ। 

कोभिड महामारीलाई सम्बोधन गर्न उनले धेरै योजना अगाडि सारेका छन्। विशेषज्ञहरूको सल्लाहलाई ध्यान दिँदै उनी आफ्नो प्रशासनको पहिलो सय दिनका लागी अमेरिकीहरूले मास्क लगाउनैपर्ने व्यवस्था लागू गर्दैछन्। अमेरिकामा खोप वितरण गर्ने चुनौति हुनेछ। 

सन् २०१९ को जातीय विभेदका कारण देशभर भएका प्रदर्शनका क्रममा उनले प्रहरी विभागलाई खण्डन गर्नुको साटो मानसिक स्वास्थ्य विशेषज्ञहरू राखी लक्षित समुदायलाई उचित सम्बोधन दिन सक्षम बनाउने महत्वपूर्ण पहल गरेका थिए। उनले यस कार्यमा पीडित समुदायका लागि ३० करोड डलर माग गरेका थिए। 

बाइडेनबारे थाहै नभएका तथ्य

बाइडेन किशोरावस्थादेखि सार्वजनिक भाषणमा निपुण थिए। डेलावेयर विश्वविद्यालयमा पढ्दा उनी फुटबल खुबै खेल्थे। उनी पहिलोपटक सन् १९७२ मा अमेरिकी सिनेटमा छनोट भए। त्यतिबेला उनी २९ वर्षाका थिए। उनी माथिल्लो सदनमा निर्वाचित हुने कान्छा व्यक्तिमध्ये एक थिए।

सिनेटमा निर्वाचित भएको केही सातापछि बाइडेन परिवारले आघात बेहोर्‍यो। उनकी पहिली पत्नी निलिया र एक वर्षीया छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भयो। उनका छोरा हन्टर र बी बाइडेनलाई पनि गम्भीर चोटपटक लाग्यो। सन् १९७७ मा उनले जिल बाइडेनसँग दोस्रो विवाह गरे। सन् २०१५ मा बाइडेनका ४६ वर्षे छोरा बी बाइडेनको ब्रेन क्यान्सरका कारण मृत्यु भयो। उनको परिवारले ह्वाइट हाउसको भर्चुअल प्रणालीबाट त्यसबेला ७२ हजार समवेदना प्राप्त गरेका थिए।

सन् १९९३ मा न्यायपरिषद्को नेतृत्वमा पहिलो महिला सदस्यका रूपमा क्यालिफोर्नियाकी सिनेटर डायना फिनस्टेनलाई नियुक्त गर्नु बाइडेनको महत्वपूर्ण राजनीतिक उपलब्धीमध्ये एक थियो।

-    एबीसी न्युज डट जीओ डटकमबाट 

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्