तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ मा १ अर्ब खर्च    

दमौली–  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गत करिब १ अर्ब खर्च भएको छ । सो प्याकेजअन्तर्गत सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले काम गरिरहेको छ ।     

सिनोले सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले सिनो हाइड्रोसँग  ११ करोड ४१ लाख ८९ हजार र रु तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता गरेको थियो ।     

सोअनुसार हालसम्म २ करोड ३१ लाख र  ९५ करोड खर्च भएको जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । उनका अनुसार विदेशी मुद्रातर्फ २०.२३ प्रतिशत र नेपाली मुद्रातर्फ २५ प्रतिशत रकम खर्च भएको छ । सो प्याकेजअन्तर्गतको कामका लागि तनहुँ हाइड्रोले सन् २०१८ अक्टोबरमा सिनोसँग सम्झौता गरेको थियो । उक्त सम्झौताको म्याद सन् २०२४ सेप्टेम्बर २९ सम्म रहेको छ ।     

त्यस्तै प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रसारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । यस प्याकेजमा विदेशी मुद्रातर्फ रु ३५ लाख र नेपाली मुद्रातर्फ दुई करोड ७५ लाख खर्च भएको आयोजनाले जनाएको छ ।     

प्याकेज ३ अन्तर्गतको कामका लागि केइसिसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो भने सम्झौताको म्याद सन् २०२१ मार्च २० सम्म रहेको छ । यसका लागि हाइड्रोले रु छ करोड र रु २१ करोड ९मूल्य अभिवृद्धि करबाहेक० सम्झौता गरेको थियो । त्यसबमोजिम विदेशी मुद्रातर्फ ५२ प्रतिशत र नेपालीतर्फ १२।६१ प्रतिशत रकम खर्च भएको छ ।    

 Published Date: Wednesday, 20th January 2021 7:16:00 pm