Kathmandu Press

फुटबलमा प्रदेशस्तरीय प्रशिक्षणका लागि सम्झौता    

वाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा नेपाल फुटबल संघ (एन्फा)बीच आज प्रशिक्षणका विषयमा एक सम्झौता भएको छ ।
फुटबलमा प्रदेशस्तरीय प्रशिक्षणका लागि सम्झौता    
Hardik ivfHardik ivf

वाग्मती–  वाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा नेपाल फुटबल संघ (एन्फा)बीच आज प्रशिक्षणका विषयमा एक सम्झौता भएको छ । प्रदेशस्तरीय रेफ्री प्रशिक्षणका लागि प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच सम्झौता भएको हो ।     
     
प्रदेश सरकारले १३ जिल्लामा हुने सम्पूर्ण खेलकुद गतिविधिलाई प्रशिक्षक र रेफ्री सहज वातावरणमा उपलब्ध गराउने उक्त सम्झौताले सहयोग पुग्ने परिषद्का सदस्य सचिव भण्डारीले जानकारी दिए  । प्रदेशमा हुने सबै खेलकुदका गतिविधिमा सङ्घको पनि संलग्नता हुने गरी सम्झौता गरिएको उनले बर्ताए । एन्फाले फुटबल प्रशिक्षक कोर्ष गराउने तथा परिषद्ले क्रिकेटको क्यानसँग र बक्सिङ सङ्घसँग मिलेर प्रदेशस्तरीय प्रशिक्षणको तयारी गर्ने पनि भण्डारीले जनाए ।
     
प्रदेशमा फुटबल प्रशिक्षक आवश्यक सङ्ख्यामा रहे पनि क्रिकेट र बक्सिङका लागि सहज रुपमा प्रशिक्षक तथा रेफ्री उपलब्ध नभएको बताइएको छ । प्रदेशस्तरीय फुटबल, क्रिकेट तथा बक्सिङका लागि प्रशिक्षक र रेफ्री कोर्ष गराउने कार्यक्रमअन्तर्गत फुटबल खेलका लागि एन्फासँग सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख छ ।     
 

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्