Kathmandu Press

दुई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, प्रदेश १ मा कांग्रेसले अविश्वास प्रस्तावलाई समर्थन गर्ने

काठमाडौं, माघ ७ : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमती प्रदेश सभा बैठक आज बस्न लागेको छ। प्रदेश १ मा...
दुई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, प्रदेश १ मा कांग्रेसले अविश्वास प्रस्तावलाई समर्थन गर्ने

काठमाडौं, माघ ७ : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमती प्रदेश सभा बैठक आज बस्न लागेको छ। प्रदेश १ मा भने कांग्रेसले अविश्वास प्रस्तावका पक्षमा उभिने भएको छ।

प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो। प्रदेश १ को बैठक दिउसो २ बजे र बागमती प्रदेशको बैठक अपारह्न ३ बजे बस्न लागेको छ।

Hardik ivf

नेकपाकै सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएपछि प्रचण्ड नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

दुवै प्रदेशमा कांग्रेस निर्णायक छ। अहिलेसम्म कांग्रेसले कसलाई सघाउने भन्ने निर्णय गरेको छैन।

तर, प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रेस विज्ञप्ति जारी गरि अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएका छन्। उनले प्रमुख प्रतिपक्ष दलको नाताले अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने बताएका छन्।

 

प्रकाशित मिति: ११:०६ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्