Kathmandu Press

अस्ट्रेलिया विरुद्ध भारतको ऐतिहासिक जितका टर्निङ प्वाइन्ट

आफ्ना नियमित स्टार खेलाडीहरु विराट कोहली, जस्प्रित बुमराह, मोहम्मद सामी, इशान्त शर्मा, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र शिखर धवनविनै अस्ट्रेलियाविरुद्ध टेस्ट सिरिज जितेकाले भारतका लागि यो जित निकै महत्वपूर्ण रह्यो । 
अस्ट्रेलिया विरुद्ध भारतको ऐतिहासिक जितका टर्निङ प्वाइन्ट
Hardik ivfHardik ivf

काठमाडौं, माघ ७ : ब्रिस्बनको गावा मैदानमा घरेलु टोली अस्ट्रेलियालाई ३ विकेटले हराउँदै भारतले इतिहास बनायो । अस्ट्रेलियामा ३२८ रनको लक्ष्य पछ्याउँदै भारतले कीर्तिमान बनाएको हो । गाबा मैदानमा यसअघि खेलका ७ टेस्टमा जितबिहीन रहेको भारतले मंगलबार पहिलो जित निकाल्दै अर्को इतिहास बनाएको छ । यता, अस्ट्रेलियाले भने गाबामा ३२ वर्षपछि टेस्ट म्याच हार्न पुग्यो ।

रोमाञ्चक ब्रिस्बन टेस्टमा जित निकालेसँग भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज २–१ले जित्यो । आफ्ना नियमित स्टार खेलाडीहरु विराट कोहली, जस्प्रित बुमराह, मोहम्मद सामी, इशान्त शर्मा, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र शिखर धवनविनै अस्ट्रेलियाविरुद्ध टेस्ट सिरिज जितेकाले भारतका लागि यो जित निकै महत्वपूर्ण रह्यो । 

सिरिजको अन्तिम तथा निर्णयक खेलमा जितको श्रेय प्लेइङ सेटका सबै ११ खेलाडी नै जान्छ, तर त्यसमा पनि ऋषव पन्त, चेतेश्वर पुजारा, शुभमन गिल, शार्दुल ठाकुर, वासिङ्टन सुन्दर र मोहम्मद सिराजले महत्वपूर्ण रह्यो । ब्रिस्बन टेस्टमा भारतको ऐतिहासिक जितमा यस्ता टर्निङ प्वाइन्ट रहे ।

पहिलो पारीमा सुन्दर–शार्दुलबीच १२३ रनको साझेदारी


 
ब्रिस्बन टेस्टको पहिलो पारीमा अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्‍यो, र ३६९ रन बनायो । तर, भारतको सुरुवात भने राम्रो हुन सकेन । भारत १८६–६ को खराब अवस्थामा पुगेको थियो । सुरुवाती ६ ब्याट्सम्यान लागतार आउट भएपछि क्रिजमा आए, वासिङ्टन सुन्दर र शार्दुल ठाकुर । दुवैले सातौं विकेटका लागि १२३ रनको कीर्तिमानी साझेदारी गरे, र भारतलाई पुनः खेलमा फर्काए ।

यही साझेदारीको मद्दतमा भारतले पहिलो पारीमा ३३६ रन बनाएको थियो । जसमा शार्दुलले ६७ र वासिङ्टनले ६२ रन बनाएका थिए । सुन्दर–शार्दुलबीचको यो साझेरी ब्रिस्बन टेस्टमा भारतको जितको मुख्य टर्निङ प्वाइन्ट रह्यो । सुन्दर र शार्दुलले ब्याटबाट मात्र होइन बलबाट पनि टिमलाई महत्वपूर्ण योगदान दिए । डेब्यू खेलाडी सुन्दरले कुल ५ विकेट लिए भने शार्दुलले ७ विकेट लिए । 

दोस्रो पारीमा सिराजको ५ विकेट


 
मोहम्मद सामी, जस्प्रित बुमराह, इशान्त शर्मा र उमेश यादवको अनुपस्थितिमा ब्रिस्बन टेस्टमा भारतका मुख्य स्ट्राइक बलर थिए । अस्ट्रेलिया भ्रमणबाटै टेस्ट क्रिकेटमा डेब्यू गरेका सिराजले अन्तिम टेस्टमा आफ्नो भूमिका खरो उत्रिए र टिमको जितको महत्वपूर्ण हिस्सा बने । उनले कुल ६ विकेट लिए, त्यसमध्ये ५ विकेट उनले दोस्रो पारीमा लिए । सिराजको त्यही ५ विकेटका कारण फर्ममा रहेको अस्ट्रेलियाको ब्याटिङ लाइनअपलाई २९४ रनमा रोक्न भारत सफल रह्यो । अस्ट्रेलिया भ्रमणमा सिराजले ३ खेलमा १३ विकेट लिए ।  

दोस्रो पारीमा गिल–पुजाराबीच ११४ रनको साझेदारी
 
३२८ रनको लक्ष्य पछ्याएको भारतले ओपनर रोहित शर्माले ६ रनमै गुमायो । त्यसपछि क्रिजमा सुभमन गिल र चेतेश्वर पुजारा आए । उनीहरुले दोस्रो विकेका लागि ११४ रनको महत्वपूर्ण साझेदारी गर्दै भारतको जितको आधार तयार गरे । आक्रामक ब्याटिङ गरेका गिलले १४६ बलमा ९१ रन बनाउँदा रक्षात्मक खेलेका पुजाराले २११ बलमा ५६ रन बनाए । पुजाराले कप्तान अनिक्या रहाणेसँग ३५ र ऋषव पन्तसँग ६१ रनको साझेदारी गरेका थिए। 

ऋषव पन्तको धमकेदारी पारी
 
ऋषव पन्त अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान रहे । उनले ३ खेलमा कुल २७४ रन बनाए । त्यसपछि पनि पछिल्ला दुई खेलमा उनले आक्रामक ब्याटिङ गरे र सिरिज जिताउन महत्वपूर्ण भूमिका खेले । तेस्रो टेस्टको चौथो पारीमा ९७ रनको इनिङ खेल्दै भारतलाई हारबाट जोगाएका पन्तले ब्रिस्बन टेस्टको चौथो पारीमा पनि त्यही लयमा ब्याटिङ गर्दै टिमलाई जित दिलाए । 

बिस्बन टेस्टको चौथो पारीमा सुरुवामा विकेट बचाएर खेलेका पन्तले अन्तिममा भने अक्रामक ब्याटिङ गरेका थिए । १३८ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गर्दै ८९ रन बनाए । उनले वासिङ्टन सुन्दरसँग छैठौं विकेटका लागि ५५ बलमा ५३ रनको आक्रामक साझेदारी गरेका थिए। पन्त अन्तिम खेलको प्लेयर अफ दी म्याच भए । 
 

प्रकाशित मिति: ०८:५० बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्