बिग बासमा सन्दीपको टिमले छैटौंपटक‌ जित्यो

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टिम होबर्ट हुरिकेन्सले बिग बास लिगमा छैटौं जित निकालेको छ। प्रतियोगितामा छैटौं जित निकाल्ने क्रममा होबर्टले सिड्नी थन्डरलाई ६ विकेटले हरायो ।

पहलिा ब्याटिङ गर्दै सिड्नीले दिएको १७८ रनको लक्ष्य हुरिकेन्सले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि बेन म्याकडेरमोटले ९६ रनको उत्कृष्ट इनिङ खेले । उनले ५६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । 

यस्तै, डेविड मलानले २८ बलमा ४२ रन बनाउँदा कप्तान पिटर ह्यान्डसकोम्ब २१ रनमा नटआउट रहे । सिड्कीका तवनिर सांघाले २ लिए । 

यसअघि पहिला ब्याटिङ गरेको सिड्नीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि  साम विलिङ्सले सर्वाधिक ५० रन बनाउँद एलेक्स हल्सले २९, कालुम फर्गुसनले २३ रनको योगदान दिए । 

हुरिकेन्सका स्कट बोलान्डले ४ विकेट लिए भने नाथल इलिसले १ विकेट लिए । सन्दीप लामिछाने भने विकेट विहीन रहे । उनले ४ ओभरमा २८ रन खर्चिए । 

जितसँगै ११ खेलमा २३ अंक जोडेको हुरिकेन्स चौथो स्थानमा उक्लिएको छ । समान २३ अंक नै जोडेको सिड्नी थन्डर दोस्रो स्थानमा छ ।

 Published Date: Monday, 18th January 2021 5:44:00 pm