
काठमाडौं, माघ ५ : शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन्। शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो।
उनले आजै शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गर्दै विभाग अन्र्तगत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन्।
प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहल लगायत ठुला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए।
नवनियुक्त महानिर्देशक प्याकुरेललाई बिल्डिङ एण्ड आर्किटेक समूहमा काबिल प्राविधिक सहसचिवका रुपमा हेर्ने गरिन्छ।