Kathmandu Press

राजकुमार भन्छन्- सपना पूरा गर्न शाहरुखबाट सिकेँ

अभिनेत्री प्रियंका चोपडासँग नयाँ फिल्म ‘द ह्वाइट टाइगर’मा स्क्रिन सेयर गरिरहेका बलिउडका चर्चित अभिनेता राजकुमार राव आफ्नो आइडल अभिनेता शाहरुख खानलाई मान्छन् भने उनलाई नै पछ्याउँदा सफल भएको ठान्छन्।
राजकुमार भन्छन्- सपना पूरा गर्न शाहरुखबाट सिकेँ
Hardik ivfHardik ivf

काठमाडौं, माघ ४ : बलिउड अभिनेता राजकुमार राव अहिले नयाँ फिल्म ‘द ह्वाइट टाइगर’को प्रचारप्रसारमा व्यस्त छन्। रमिन बहरानी निर्देशित फिल्ममा राजकुमारले प्रियंका चोपडासँग स्क्रिन सेयर गरेका छन्।

जनवारी २२ मा नेटफ्लिक्समार्फत रिलिज हुने फिल्म ‘द ह्वाइट टाइगर’को प्रचारकै क्रममा एक अन्तर्वार्ता दिँदै अभिनेता रावले आफू अभिनयमा लाग्नुको एकमात्र कारण साहरुख खान भएको बताएका छन्। ‘एक कलाकार र व्यक्तिका रुपमा मैले साहरुखबाट धेरैकुरा सिकेको छु,’ रावले भनेका छन्, ‘त्यसैले म उनलाई मेरो आइडल मान्छु।’

साहरुखलाई स्क्रिनमा देखेरै फिल्मक्षेत्रमा आउन आफूलाई प्रेरणा मिलेको रावले बताएका छन्। साथै उनले सपना देख्न र त्यसलाई पूरा गर्न मेहनत तथा धैर्यता राख पनि साहरुखबाट सिकेको बताए।

‘साहरुखकै कारण म कलकार बनेको हुँ, उनलाई देखेरै फिल्मीक्षेत्रमा लाग्न हौसला मिल्यो। त्यो किनभने म उनको फिल्मी करिअरसँग जोडिन चाहन्थेँ,’ अन्तर्वार्ताकै क्रममा रावले भने, ‘उनीबाटै मैले सिकेँ मेहनत र धैर्य भएर काममा लागियो भने आफूले देखेको सपना पुरा हुन्छ।’ अनस्क्रिन होस् या अफस्क्रिन जहाँबाट पनि साहरुखबाट केही न केही सिक्ने सकिने उनको धारणा छ।

साहरुखको फोटोसँग कुराकानी गर्थे राव

फिल्मी क्षेत्रमा सफलता चुमेपछि राजकुमार रावले आफ्ना आइडन साहरुख खानसँग भेट्ने अवसर पाएका थिए। त्यो भेटमा जत्तिको नर्भस जीवनमा कहिल्यै नभएकोे रावको ठम्याइ छ। ‘जसको फोटोसँग म कुरा गर्थेँ, त्यही व्यक्ति मेरो सामुन्ने थिए,’ आफू नर्भस हुनुको कारण खोले उनले।

साहरुखसँगको पहिलो भेट सम्झिँदै उनले भने, ‘महबुब स्टुडियोमा सुडिङ गरिहेको थिएँ। यही क्रममा मैले सुनेँ– साहरुख सर पनि यहीँ सुटिङका लागि आउनु भएको छ। तब मैले सोचेँ उहाँलाई भेट्ने यो राम्रो मौक हुनसक्छ। त्यसपछि मैले उनी सक्षम सन्देश पठाएँ। मलाई लागेको थियो, उहाँले मलाई चिन्नुहुन्न, तर मेरोबारे पूरा जानकारी रहेछ उहाँलाई। र, उहाँले मलाई आफ्नो ट्रेलरमा बोलाउनु भयो।’

साहरुखसँगको त्यो भेटले आफूलाई ‘स्पेश फिल’ गराएको राजकुमार रावले ठानेका छन्। ‘म पहिलोदेखि नै साहरुखको फ्यान थिएँ। तर, त्यो भेटपछि सबैभन्दा ठूलो फ्यान भएँ,’ उनी भन्छन्।

साहरुखसँगको भेटले आफूलाई कस्तो महसूस भयो भन्ने बताउनै नसकिने रावको भनाइ छ।

‘प्रियंकासँग धेरै कुरा सिकेँ’

अरविन्द अडिगाको उपन्यास ‘द ह्वाइट टाइगर’मा आधारित फिल्म हो ‘द ह्वाइट टाइगर’। यसै फिल्ममार्फत अभिनेता रावले प्रियंका चोपडासँग स्क्रिन सेयर गर्ने अवसर पाए।

अन्तर्वार्तामा रावले प्रियंकाबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन्। ‘सधैं खुशी रहने प्रियंका एउटा असल मानिस हुन्। त्यो किनभने उनी ग्लोबल स्टार बनिसकेकी छिन्, तर उनले सुटिङ सेटमा त्यसको आभास कहिल्यै हुन दिइनन्,’ प्रियंकाको प्रसंशा गर्दै रावले भने, ‘जहिल्यै म उनको कामको प्रसशंक हुँ। एउटा ठूलो स्टारसँग काम गर्न पाउँदा खुसी छु। आफ्नो अभिनय सुधार्ने मौका मिलेको छ।’

सुटिङका क्रममा धेरै सिनमा प्रियंकाले आफूलाई मद्दत गरेको उनले बताएका छन्। रावले प्रियंकासँग फेरि काम गर्ने मौका मिल्ने पनि आशा राखेका छन्। (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्