Kathmandu Press

बलिउड कलाकार जय भानुशाली नेपालमा

नेपाल आएपछि भानुशालीले पहिलोपटक नेपाल आएको भन्दै निकै उत्साहित रहेको बताए।
बलिउड कलाकार जय भानुशाली नेपालमा

काठमाडाैं, वैशाख ७ : शनिबार काठमाडौंमा आयोजना हुने काठमाडौं पिंक केयरएथनमा सहभागी हुन भारतीय टेलिभिजन कलाकारसमेत रहेका बलिउड कलाकार जय भानुशाली नेपाल आएका छन्। भानुशाली शुक्रबार अपरान्ह नेपाल आएका हुन्।

नेपाल आएपछि भानुशालीले पहिलोपटक नेपाल आएको भन्दै निकै उत्साहित रहेको बताए। नेपालका धेरै बालबालिकाहरु आफ्नो रियालिटी शोमा आएको भन्दै आफूलाई नेपाल आउने मौका मिलेको उनले बताए। भानुशालीले शनिबार बिहान हुने पिंक केयरएथनमा सहभागी हुन आग्रह गरे।

Hardik ivf

भानुशालीले काठमाडौं पिंक केयरएथोनको २०२४ संस्करण सञ्चालन गर्ने छन्। लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघद्वारा शनिबार काठमाडौं पिंक केयरएथन हुन लागेको हो। कार्यक्रममा पैदल हिँडाइ र दौड गरी तीन विधा समावेश छ। जसमा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटर रहने छ। सुरु र अन्त्य विन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ।

प्रत्येक विधामा प्रथम पाँँच जनालाई पुरस्कार दिइने आयोजकले जनाएको छ। काठमाडौं पिंक केयरथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक विकास र सशक्तिकरणका लागि आत्म हेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमको श्रृंखला रहेको आयोजकको भनाइ छ। 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्