Kathmandu Press

प्रधानमन्त्रीको विषेशाधिकार संविधानले रोकेको छैन : सुवास नेम्वाङ

काठमाडौं, माघ ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली समूहका नेता सुवास नेम्वाङले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीसँग विषेशाअधिकार रहेको बताएका छन्। नेकपा प्रदेश...
प्रधानमन्त्रीको विषेशाधिकार संविधानले रोकेको छैन : सुवास नेम्वाङ
Hardik ivfHardik ivf

काठमाडौं, माघ ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली समूहका नेता सुवास नेम्वाङले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीसँग विषेशाअधिकार रहेको बताएका छन्। 

नेकपा प्रदेश नम्बर १ कमिटीले तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ भन्दै त्यसलाई संविधानले निषेध नगरेको बताए । “संसदीय शासन प्रणाली भनेको प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ । त्यसलाई संविधानले निषेध गरेको छैन । यो अवस्थामा दुई तिहाई बहुमतले काम गरेन भन्ने म कहाँ जाने प्रधानमन्त्रीको यो कुरा छ । हामीलाई यही भन्नुभएको छ,” उनले भने ।

केही अघि नेम्वाङले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भन्ने धारणा राखेको भिडियो भाइरल भएको थियो । “२०७६ साउन ४ गते धुलिखेलको संसदीय मामिला पत्रकार समाजको प्रशिक्षण कार्यक्रममा मैले बोलेका कुरा छन् । अहिले कुरै अर्कै छ’, नेवाङले भने। 

उनले तोकिएकै समयमा निर्वाचन हुने पनि बताए । वैशाख १७ र २७ मा निर्वाचन हुँदैन भनेर सर्वोच्च अदाललाई दबाब दिने खोजेको कुरा आइरहेको बताए ।
 
सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नमिल्ने बताउँदै अदालतलाई दवाव दिन नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्