Kathmandu Press

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, माघ १ : नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार देशभर संक्रमणको कारण ६...
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, माघ १ : नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार देशभर संक्रमणको कारण ६ जनाको मृत्यु भएको हो। 

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ।
 त्यस्तै, आज देशभर थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४०५ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्