कार्यकर्तालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा पर्वतमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पर्वत पुगेका छन् । उनी पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पर्वत पुगेका हुन् ।
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पर्वत पुगेका छन् । उनी पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पर्वत पुगेका हुन् ।
काठमाडौंबाट सभापति देउवालाई लिएर पर्वतका लागि उडेको विमान भिजिबिलिटी कमजोर भएका कारण गोर्खामा अवतरण गरिएको थियो । मौसम सफा भएपछि विमान गोरर्खाबाट पर्वत पुगेको छ ।
देउवाले पर्वतमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा प्रशिक्षण दिने कार्यक्रम तय रहेको बताइएको छ ।
प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
