
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘महा छुट अफर’ ल्याएको छ । सो अफरअन्तर्गत अनलाईन मार्फत रिचार्ज गर्ने हरेक सेवाग्राहीले २ हजार ८१६ देखि ४ हजार १३० क्यास डिस्काउन्ट र २ महिना बोनस पाउनेछन् ।
कोरोना (कोभिड १९) भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरीय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसिमका रिचार्ज सुविधामा‘ महा छुट अफर’ ल्याएको हो ।
ग्राहकले एक वर्षको शुल्क अनलाइनमार्फत एकमुष्ट भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने २ महिनाको प्लस बोनस सेवा उपलब्ध गराइनेछ ।
त्यस्तै ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा पाउनेछन् ।