प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो

विराटनगर– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल २ लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २०:१४ बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
