Kathmandu Press

शाक्यको प्रश्न–  प्रम ओलीलाई किन कम्रेड भन्ने ?

उनले भनिन्, ‘प्रधानमन्त्री प्रतिगमनकारी हो, स्वेच्छाचारी हो । दुःख गरेर बनाइएको संविधानमा धावा बोले । उहाँ तानाशाही नेता हो । हामीले उहाँलाई किन कम्रेड भन्ने ?’
शाक्यको प्रश्न–  प्रम ओलीलाई किन कम्रेड भन्ने ?
Hardik ivfHardik ivf

दाहाल–नेपाल समूह नेकपा  बाग्मती इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र तानाशाही प्रवृत्तिका विरुद्धमा काठमाडौँवासी तातिसकेको दाबी गरेकी छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै  असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर स्वेच्छाचारी बनेका प्रधानमन्त्रीको स्वेच्छाचारी र तानाशाही प्रवृत्तिका विरुद्ध काठमाडौंवासी तातिसकेको बताएकी छन् ।

शाक्यले सम्बोधनका क्रममा काठमाडौँवासीका दुई महत्त्वपूर्ण चरित्र रहेको बताएका छिन् । उनले काठमाडौंवासीको चरित्र प्रकाश पार्दै भनिन्, ‘काठमाडौं कि तात्दैन तात्दैन कि तातेपछि रोकिँदैन । यो काठमाडौंको चरित्र हो । काठमाडौं अब तातिसकेको छ ।’ 

शाक्यले प्रम ओलीलाई स्वेच्छाचारी र तानाशाह भएको आरोपसमेत लगाएकी छिन् । उनले भनिन्, ‘प्रधानमन्त्री प्रतिगमनकारी हो, स्वेच्छाचारी हो । दुःख गरेर बनाइएको संविधानमा धावा बोले । उहाँ तानाशाही नेता हो । हामीले उहाँलाई किन कम्रेड भन्ने ?’  

सम्बोधनका क्रममा शाक्यले प्रतिगमनविरुद्धको यो आन्दोलन निर्णयमा नपुगेसम्म अब नसेलाउने दाबी गरिन् । उनले यो आन्दोलन छिट्टै नै निर्णयमा पुग्ने बताइन् । भनिन्, ‘प्रतिगमनविरुद्धको यो आन्दोलन निर्णयमा पुग्न धेरै बेर लाग्दैन । प्रधानमन्त्री ओलीले कुर्सीबाट झर्नैपर्छ ।’

त्यस्तै,   निरंकुश र एकतन्त्रीय शासनमा काठमाडौंवासीले विश्वास नगरेको बताइन् । उनले भनिन्, ‘काठमाडौंलाई लोकतन्त्र प्रिय छ । प्रतिगमनविरुद्धको आन्दोलन निर्णयमा नपुगेसम्म काठमाडौँवासी चुप 

लागेर बस्दैन । कम्युनिस्ट पार्टीबाट तानाशाह नेतृत्व जन्मियो । यसले क्षणिक धक्का दियो । फेरि पनि नेकपाले देशको नेतृत्व गर्छ ।’ 

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्