एटलेटिकोले सेभियालाई हरायो
काठमाडौं, पुस २९ : स्पेनिस ला लिगा फुटबलमा एटलेटिको म्याड्रिडले सेभियालाई पराजित गरेको छ।गएराति सम्पन्न भएको खेलमा एटलेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित...
काठमाडौं, पुस २९ : स्पेनिस ला लिगा फुटबलमा एटलेटिको म्याड्रिडले सेभियालाई पराजित गरेको छ।
गएराति सम्पन्न भएको खेलमा एटलेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो। एटलेटिकोको जितमा एंगल कोरिया र साउल निगुएजले एक एक गोल गरेका थिए । जित सँगै शिर्ष स्थानमा रहेको एटलेटिकोले आफ्नो अग्रता बढाएको छ ।
एटलेटिकोको १६ खेलमा ४१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी रहेको छ। यद्यपी एटलेटिकोले २ खेल अझै कम खेलेको छ।
त्यस्तै सेभियाको भने १७ खेलमा ३० अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ। गएराति नै भएका अर्को खेलमा ग्रानाडाले ओसासुनालई २-० ले नै हरायो।
प्रकाशित मिति: ०७:२४ बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार