Kathmandu Press

३० खर्ब ५४ अर्ब पुग्यो बजार पुँजीकरण  

नेप्सेमा देखिएको दोहोरो अंकको वृद्धि पछि आज कूल बजार पुँजीकरण ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ । 
३० खर्ब ५४ अर्ब पुग्यो बजार पुँजीकरण  
Hardik ivfHardik ivf

काठमाडौं– नेप्सेमा देखिएको दोहोरो अंकको वृद्धि पछि आज कूल बजार पुँजीकरण ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ ।  मुलुकको कूल गार्हस्थ्य उत्पादन र बजार पुँजीकरणको आकार करिब–करिब उस्तै हुने क्रममा पुगेको छ ।     

हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ ।     

नेप्सेको वृद्धिसँगै नेपालको सेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि  साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज का अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर २ हजार २६७.७३ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ । कूल २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भए ।      

     

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्