Kathmandu Press

भारतलाई हारबाट जोगाउने चार घाइते खेलाडी

सिड्नी टेस्टको पहिलो पारीमा ब्याटिङका क्रममा जडेजाको देब्रे हातको बूढीऔंला भाँचिएको थियो । औंला भाँचिए  पनि उनी दोस्रो इनिङमा ब्याटिङका लागि तयार थिए ।
भारतलाई हारबाट जोगाउने चार घाइते खेलाडी
Hardik ivfHardik ivf

भारत र अस्ट्रेलियाबीच सिड्नीमा भएको तेस्रो टेस्ट बराबरीमा सकियो । भारतका लागि यो बराबरी निकै महत्त्वपूर्ण रह्यो भने अस्ट्रेलियाका लागि निराशाजनक । अझ भनौं, भारतका लागि यो बराबरी जित जस्तै रह्यो । त्यो किनभने सिड्नी टेस्ट खेलिरहेका ११ खेलाडीमध्ये भारतका ४ खेलाडी घाइते थिए । तिनै घाइते खेलाडीले चोटलाई बिर्संदै उत्कृष्ट प्रदर्शन गरेपछि भारत हारबाट जोगिएको थियो ।  खेलकै क्रममा ऋषव पन्त, रवीन्द्र जडेजा, हनुमान बिहारी र रविचन्द्रन आविश्वन घाइते भएका थिए । 

पहिलो इनिङमा जडेजाको हातको औंलामा चोट लागेको थियो भने पन्तको कुहिनोमा चोट लागेको थियो । यता, बिहारी ह्यामिस्ट्रङसँग जुधिरहँदा आश्विनको कम्मरमा समस्या देखिएको थियो । अस्ट्रेलिया भ्रमणमा भारतका ७ खेलाडी घाइते भएका छन् । जडेजा, पन्त, बिहारी र आश्विनभन्दा अघि नै इशान्त शर्मा, उमेश यादव र मोहम्मद सामी चोटकै कारण टिमबाट बाहिरिसकेका थिए ।

  • सिड्नी टेस्टको पहिलो पारीमा ब्याटिङका क्रममा जडेजाको देब्रे हातको बूढीऔंला भाँचिएको थियो । औंला भाँचिए  पनि उनी  दोस्रो इनिङमा ब्याटिङका लागि तयार थिए । 

४०७ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि पन्तले सर्वाधिक ९७ रन बनाए भने बिहारी र आश्विन अन्तिम दिनको ९७ ओभरमध्ये ४३ ओभर क्रिजमा टिकेका थिए । आश्विनले १२८ बलमा ३९ रन बनाए भने बिहारीले १६१ बलमा २३ रन बनाए । 

औंला भाँचिँदा पनि ब्याटिङका लागि तयार जडेजा
सिड्नी टेस्टको पहिलो पारीमा ब्याटिङका क्रममा जडेजाको देब्रे हातको बूढीऔंला भाँचिएको थियो । लगत्तै जडेजालाई आगामी फेब्रुअरीमा हुने इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट पनि बाहिर राखियो तर सिड्नी टेस्टबाट भने बाहिर राखिएन । उनी औंला भाँचिए  पनि दोस्रो इनिङमा ब्याटिङका लागि तयार थिए । प्याड, ग्लोब्स र हेल्मेटसहित उनी प्लेयर बक्समा देखिएका थिए । तर, उनले ब्याटिङ भने गर्नुपरेन ।

संकटमोचक बने आश्विन र बिहारी
क्रिजमा टिकेका पन्त र पुजारा १० ओभरको अन्तरमा आउट भएपछि भारत दबाबमा आएका थियो । यस्तोमा भारतलाई हारबाट जोगाउने जिम्मेवारी आश्विन र बिहारीमा थियो । चोटका बाबजुद दुवैले सम्हालिएर ब्याटिङ गरे र खेललाई बराबरीमा सकाए । यी दुईलेले ४३ ओभर ब्याटिङ गर्दै ६४ रनको साझेदारी गरेका थिए ।

साढे ३ घण्टा क्रिजमा बिताएका बिहारी र आविश्वनले टेस्ट क्रिकेटका नम्बर १ बलर मिचेल स्टार्क, जोश हेजलउड र कमिन्सजस्ता बलरको डटेर सामना गरेका थिए । यो त्यही बलिङ नाइनअप थियो, जसले पहिलो टेस्टमा भारतलाई ३६ रनमै अलआउट गरेको थियो ।

कमिन्सको बाउन्सरमा पन्त घाइते
पहिलो इनिङमै प्याट कमिन्सको बाउन्सर बल पन्तको कुहिनोमा लाग्यो । लगत्तै उनी बेस्सरी कराए, मैदानमै केही समयको उपचार पनि उनी पुनः ब्याटिङमा फर्किए । पेन किलर र कुहिनामा बेन्डेज लगाएर उनले ब्याटिङ गरेका थिए । सोही चोटका कारण उनले अस्ट्रेलियाका दोस्रो इनिङमा विकेटकिपिङ गरेनन् । उनको स्थानमा ऋद्धिमन साहले विकेट किपिङ गरेका थिए ।

  • चोटका बाबजुद आश्विन र बिहारी ४३ ओभर क्रिजमा टिकेर हारतर्फ उन्मुख खेललाई बराबरीमा सकाए । 

तर, दोस्रो इनिङमा पन्त घाइते अवस्थामै मैदान प्रवेश गरे र खेलको स्वरुप बदले । आक्रामक देखिएका उनले ११८ बल खेल्दै ९७ रनको उत्कृष्ट इनिङ खेल्दै भारतलाई जितको आशा जगाएका थिए । उनले १२ चौका र ३ छक्का प्रहार गरे । उनले चौथो विकेटका लागि चेतेश्वर पुजारासँग १४८ रननको कीर्तिमानी साझेदारी गरे । यो साझेदारी भारतले चौथो पारीमा चौथो विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो । उनी नाथन लियोनको बलमा कमिन्सद्वारा क्याच आउट भएका थिए ।

ह्यामिस्ट्रिङसँग जुधिरहेका थिए बिहारी
ब्याटिङकै क्रममा बिहारीमा ह्यामिस्ट्रिङको समस्या देखिएको थियो । उनले क्रिजमै पटक–पटक फिजियोको सहारा लिए, तर हार भने मानेनन् । दौडन नसकिरहेका बिहारीले सोमबार भएको ९७ ओभरमध्ये २७ ओभरमा बलरको सामाना गरेका थिए । उनले १४.२८को स्ट्राइक रेटमा १६१ बलमा २३ रन बनाएका थिए । यो इनिङ भरतको पाँचौं सुस्त इनिङ हो ।

भारतको सबैभन्दा सुस्त इनिङको कीर्तिमान यशपाल शर्माको नाममा छ । उनले सन् १९८१मा एडिलेडमा अस्ट्रेलियाविरुद्ध नै १५७ बलमा १३ रन बनाएका थिए । यस्तै, स्टार्क, कमिन्स र हेजलउडको सर्ट बल आश्विनको कम्मरमा लागेको थियो । त्यही कारण आश्विन पनि घाइते भएका थिए । घाइते अवस्थामै उनले २१ ओभर एक्लै खेलेका थिए ।

–एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्