Kathmandu Press

नेपाल–भारत सीमा नाका खोल्ने सरकारको तयारी

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीका कारण बन्द गरिएको  नेपाल–भारत सीमा नाका चाँडै नै खोल्ने तयारी गरिएको  बताएका छन् । बाराको...
नेपाल–भारत सीमा नाका खोल्ने सरकारको तयारी

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीका कारण बन्द गरिएको  नेपाल–भारत सीमा नाका चाँडै नै खोल्ने तयारी गरिएको  बताएका छन् । बाराको कलैयामा सोमबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उनले  सीसीएमसीको बैठक बसेर नेपाल–भारत सीमा नाका चाँडै खोल्ने बताएका हुन् ।

पोखरेलले नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहँदा तराईका नेपाली जनता समस्यामा भएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीमा नाका खोल्ने विषयमा कुराकानी गरेर छिट्टै नै नेपाल–भारत सीमा नाका खोल्ने आश्वासन दिएका छन् । 

उनले भने, ‘सीसीएमसीको प्रमुखको हैसियतले छिट्टै नै बैठक बसेर सीमा नाका खोल्ने निर्णय गर्छु ।’

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्