Kathmandu Press

आजबाट खुल्यो चन्द्रागिरी हिल्सको आइपिओ 

कुल निष्कासित आइपिओमध्ये ६१ हजार ३६४ कित्ता  कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 
आजबाट खुल्यो चन्द्रागिरी हिल्सको आइपिओ 
Hardik ivfHardik ivf

काठमाडौं–   चन्द्रागिरी हिल्सले  आज  ( २४ पुुस)देखि  सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । चन्द्रागिरीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कुल निष्कासित आइपिओमध्ये ६१ हजार ३६४ कित्ता  कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि १३ हजार ९६० कित्ताका लागि पुस २८ सम्म आवदेन दिन सक्नेछन् । त्यस अवधिसम्म सबै आइपिओका लागि आवेदन नपरेमा माघ ९ गतेसम्म आवेदन दिन पाइनेछ । 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्