Kathmandu Press

इरानले अमेरिकालाई दियो जवाफी प्रतिकारको चेतावनी

काठमाडौं, पुस २१ : डोनाल्ड ट्रम्पको प्रशासन सेलाउँदै गएपनि तेहरान र वासिङ्टन बिचको तनाव बढ्दैछ। ३ जनवरी, २०२० माअमेरिकी ड्रोन हमलाबाट बगदादमा कासिम...
इरानले अमेरिकालाई दियो जवाफी प्रतिकारको चेतावनी

काठमाडौं, पुस २१ : डोनाल्ड ट्रम्पको प्रशासन सेलाउँदै गएपनि तेहरान र वासिङ्टन बिचको तनाव बढ्दैछ। ३ जनवरी, २०२० माअमेरिकी ड्रोन हमलाबाट बगदादमा कासिम सुलेमानीको हत्या र बद्लामा इराकको अमेरिकी सैन्य अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार पश्चात वासिंगटन र तेहरान लगातार युद्ध संकटको घेरामा छ। 

बिहिवार मात्रै अमेरिकाको २ वटा बी-५२ बम वर्षक विमानहरू इरानी आकाश छेउछाउ देखीएको थियो। अमेरिकाले डिसेम्बर २१ देखीनै पर्सीयन गल्फमा घातक आणविक पनडुब्बी पनि संचालन गरेको थियो। ट्रम्प प्रशासनका अधिकारी अनुसार सुलेमानीको मृत्यु र यसको वर्षीय संस्मरणमा इरानी हमलाको खतरा बढेकाले यस्तो भएको कारण देखाएका छन्। 

गत शुक्रवार इरानको पारामिलिटरी रिभोलुशनरी गार्ड्सका शीर्ष कमाण्डरले अमेरिकी सैन्य दबाबको जवाफ दिन इरान पूर्ण तयार रहेको भनेका थिए। यसअघि, इरानी सेना प्रमुख हुसेन सलामीले तेहरान विश्वविध्यालयको एक कार्यक्रममा कासिम सुलेमानीको सम्झनामा वक्तव्य राखे। ३ जनवरी, २०२० मा अमेरिकी ड्रोन हमलामाबाटमारिनेकासिम सुलेमानी इरानको क्विड फोर्सका कमाण्डर जनरल थिए। 

सलामीले कुनैपनि शक्तिको सामना गर्न समस्या, चिन्ता या आशंका नभएको भन्दै युद्ध मैदानमै दुश्मनलाई अन्तिम उत्तर दिने चेतावनी समेत दिए। सलामीको  वक्तव्यमा अमेरिका शब्द सिधै उल्लेख भएको थिएन। त्यस कार्यक्रममा सिरियाई, प्यालेस्टिनी र लेबनानी सहयोगीका साथ इरानी शीर्षअधिकारी एवं सुलेमानी परिवारका सदस्य उपस्थित थिए।

इरानका सुलेमानी उत्तराधिकारी, ब्रिगेडिएर जेनेरल इस्माइल घानीले पनि आफ्नो वक्तव्य राखेका थिए। समारोहमा इस्माइलले अमेरीका शब्द प्रयोग नगरी इरान कुनैपनि शक्तिको सामना गर्न नडराउने भनाइ राखे। उनको थप भनाइ, अमेरिकालाई एक पेचिलो प्रहार थियो। ‘अमेरिका भित्रै स्वतन्त्रता हनन भएकाहरूले अमेरिकाको कुकृत्यको जवाफ दिने’ र  सुलेमानीको हत्याको बद्ला अमेरिका भित्रै हुनसक्ने भनाइ उनको थियो।

इरानको मुख्य न्यायधीसले सुलेमानीलाई मार्न सहयोग गर्नेहरूको कुनै खैरीयत नभएको भन्दै दाबी पेश गरे।हत्यारा चाहे अमेरिकी राष्ट्रपति भएपनि कानून र न्यायको आँखाबाट उम्किन नसक्ने दाबी इरानको न्यायाधीस थियो। इरानी विदेश मन्त्रालयको ट्वीट सन्देशमा सुलेमानीको हत्यालाई अन्जाम दिने सबै अपराधीहरूलाई कठ्घरमा नउभ्याएसम्म चैनको सास नलिने अडान थियो।

‘सुलेमानी विरूद्ध भएको अभद्र अपराध शैलीका कारण अमेरीकाले इरानी सार्वभोमिकता, संयुक्त राष्ट्र संघको चार्टर (बडापत्र) एवं अन्तराष्ट्रिय कानुनलाई ठाडै उलंघन,’बारे मन्त्रालयको ट्वीट सन्देश थियो।‘अमेरिकी अराजकताको चरम सिमा३ हत्याका जिम्मेवारलाई न्यायलय नपुर्योएसम्म आराम गर्ने छैनौँ’ जस्ता सन्देश त्यसमा थियो।

इरानका विदेशमन्त्री मोहम्मद जावद जरीफले शुक्रबार, आफ्नो क्षेत्रमा दुसाहस जैन्य कार्य भए नतिजाका लागि वासिङ्टन जिम्मेवार हुने बताए। मन्त्रालयको वेबसाइट अनुसार यो टिप्पणी उनले कुवेत एक समक्षकसँग फोनकल मार्फत दिएका थिए। तत्कालै, दुइ देश बिचको रणनीतिबारे आंकलन गर्न गाह्रै भएपनि बीडेनको नयाँ प्रशासनको आगमनले यसको जटिलता बढेको छ। तथापि अमेरिकाले इरानसँग नयाँ सम्बन्धको बाटो रोज्न सक्ला कि भन्न सकिन्छ।

शुक्रवार इरानी भिडियो साझेदारी सेवाले सुलेमानीको प्रशंसामा विदेशमा फिल्माइएको अंग्रेजी भाषाको एउटा गीत जारी गर्योा। त्यस गीतमा सुलेमानीको अन्त्येष्टिका फुटेज र उनको युद्ध मैदानका केही दृष्यहरू थिए।

- वासिङ्टन टाइम्स डटकमबाट
 

प्रकाशित मिति: ०७:३८ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्