Kathmandu Press

तनहुँमा ३३४ एचआइभी संक्रमित

दमौली, मंसिर १६ : जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन्। दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला,...
तनहुँमा ३३४ एचआइभी संक्रमित
Hardik ivfHardik ivf

दमौली, मंसिर १६ : जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन्। दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ। 

शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिए। गत आर्थिक वर्षमा जिल्लामा ३२८ सङ्क्रमित रहेकामा १६१ पुरुष, १३९ महिला, २७ बालबालिका र एक जना तेस्रो लिङ्गी थिए। 

एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका अध्यक्ष श्रीराम कँडेलले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिए। ‘समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,’ उनले भने, ‘संस्थाले उनीहरुलाई सहजीकरणको काम गरिरहेको छ।’ कोभिडका कारण भएको बन्दाबन्दीका समयमा संस्थाले एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि पु¥याउने व्यवस्था मिलाएको थियो। 

जिल्लाका केही एचआइभी सङ्क्रमित छिमेकी जिल्लामा गएर उपचार गर्ने गरेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए। ‘नजिकैको अस्पतालमा उपचारका लागि गएका बेला अरुले देखेर चिन्ने त्रासमा एचआइभी सङ्क्रमित उपचार गर्न आउन डराउछन्,’ उनले भने, ‘अहिले पनि सङ्क्रमित रोग लुकाएर बस्न बाध्य छन्।’ अस्पतालबाट एचआइभी सङ्क्रमितलाई निःशुल्क औषधि वितरण भइरहेको छ। 

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्