Kathmandu Press

बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल, मंसिर १६ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप दुई जनाको ज्यान गएको छ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही र कपिलवस्तुका दुई जना...
बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल, मंसिर १६ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप दुई जनाको ज्यान गएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही र कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको मृत्यु भएको हो।

Hardik ivf

कपिलवस्तुकी महिलालाई मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी दुई दिनसम्म होम आइसोलेसनमा बसेकी थिइन्।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

त्यस्तै, बुटवलकी महिलालाई मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी पनि दुई दिनपछि मंसिर १३ गते अस्पताल भर्ना भएकी थिइन्।

उनी मधुमेहबाट पनि पीडित थिइन्। उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्