
काठमाडौं, मंसिर १६ : आज देशभरको मौसम सफा रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसममा बदली नहुँदा हिमपात र वर्षाको सम्भावना छैन ।
काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ भने आज देशभर कतै पनि हिमपात र वर्षाको सम्भावना छैन ।