विकास पहुँच होइन आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल
स्याङ्जा, मंसिर १५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी...
स्याङ्जा, मंसिर १५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छिन्।
सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले भनिन्,‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन। जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ।’ वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताए।
विकासको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकारबीचको समन्वयमा विकास हुने उनको भनाइ थियो। ‘सरकार तीव्र विकासको गतिमा हिँडेको छ। यो हामीले मात्र भनेका होइनाैं, यो त अन्तर्राष्ट्रिय मूल्यांकनले नै भनेको छ’, उनले भनिन्।
प्रकाशित मिति: २१:१२ बजे, सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार