Kathmandu Press

पोखरामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

कास्की, मंसिर १५ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा चार जनाको मृत्यु भएको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना र चरक मेमोरिय अस्पतालमा...
पोखरामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

कास्की, मंसिर १५ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा चार जनाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो।

Hardik ivf

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए।

उनलाई मंसिर ८ गते कोरोना संक्रमण देखिएको थियो। त्यसयता उनी अस्पतालमा उपचाररत थिए।

त्यस्तै, प्रतिष्ठानमै उपचाररत पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको गएराति ९ः४५ बजे मृत्यु भएको हो। उनलाई मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय बृद्धको आज बिहान २ः१० बजे मृत्यु भएको छ। उनको पनि उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो।

यसैगरि चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको छ।

उनलाई मंसिर १२ गते कोरोना संक्रमण देखिएको थियो। उनलाई त्यहिँ दिन अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति: १९:३० बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्