Kathmandu Press

मोटरसाइकल दुर्घटनामा नेकपा नेताको मृत्यु

नुवाकोट, मंसिर १५ : मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता ५५ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको छ।तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट डाँडाखर्कतर्फ...
मोटरसाइकल दुर्घटनामा नेकपा नेताको मृत्यु

नुवाकोट, मंसिर १५ : मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता ५५ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको छ।

तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटनामा उनको घटनास्थलमा नै ज्यान गएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा २७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। उनी भिरबाट तल खसेका थिए।

दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भएपनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्