Kathmandu Press

देशभरका मुख्य राजमार्गमा तीन हजार किमी सडक मर्मत गरिने

काठमाडौं‌, मंसिर १२ : सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ। विश्व बैंकको आर्थिक...
देशभरका मुख्य राजमार्गमा तीन हजार किमी सडक मर्मत गरिने
फाइल तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं‌, मंसिर १२ : सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ। विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो।

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको  विभागले जनाएको छ। सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए। उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ। उनले भने,“सडकअनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ।”

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो। सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए। सामान्यतया सडक निर्माण गरिएको पाँच-६ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ। कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो। अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन्। 

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन्। गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ। यसको लागत झण्डै आठ अर्ब रूपैयाँ रहनेछ। रासस

प्रकाशित मिति: २०:५७ बजे, शुक्रबार, मंसिर १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्