Kathmandu Press

प्रदेश १ मा बिहीबार थपिए २०७ जना कोरोना संक्रमित

विराटनगर, मंसिर ११ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९,...
प्रदेश १ मा बिहीबार थपिए २०७ जना कोरोना संक्रमित

विराटनगर, मंसिर ११ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन्। 

थपिएका सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीन/तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Hardik ivf

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने बिहीबार थपिएकासहित २१ हजार ४९१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन्। आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीन/तीन जना छन्।

कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा सङ्क्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन्। हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: ०१:५० बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्