Kathmandu Press

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे सात अर्बको कारोबार

काठमाडौं, मंसिर ११ : धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ। बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार...
नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे सात अर्बको कारोबार
फाइल तस्वीर।

काठमाडौं, मंसिर ११ : धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ। बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ। साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा  उकालो लागेर नै बन्द भएको छ। 

Hardik ivf

कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो। स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ।

बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ। यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ। 

कारोवारका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ। यस्तै, नविल बैंक ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक १७ करोड ६३ लाख १४ हजार ७५६ रूपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

बिहीबार कारोबार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ। यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ। कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए। 

यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए। 

प्रकाशित मिति: ००:३१ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्