Kathmandu Press

वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपाललाई तीन स्वर्णसहित १० पदक

काठमाडौं, मंसिर १० : पाकिस्तान गोजुरियो कराँते महासंघको आयोजनमा भएको ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३...
वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपाललाई तीन स्वर्णसहित १० पदक

काठमाडौं, मंसिर १० : पाकिस्तान गोजुरियो कराँते महासंघको आयोजनमा भएको ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी १० पदक हात पार्न सफल भएको छ।

नेपाली खेलाडी सञ्जु देशार, सुविता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन्। महिला १४ देखि १८ वर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाइनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी दिए।

Hardik ivf

सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन्। गौतमले १० वर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिइन्। नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ वर्ष इन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन्।

१० दिनअघि मात्र क्यानडा कराँते संघको आयोजनमा भएको सातो कप इन्टरनेशनल २०२० मा नेपाका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमा नै खुम्चिन बाध्य भए। मानन्धर पुरुष ४५ वर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसंग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए। 

यस्तै २२ देखि ४५ महिला एडभान्स विधामा रिना श्रेष्ठ इटालीकी इलियोनोभा कोलेट्टो पराजित हुँदै रजतमा नै चित्त बुझाउन बाध्य भइन्। सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिइन्। १९ देखि २१ वर्षको गल्र्स एडभान्स विधामा आचार्य इटालीकी सारा लङ्गोसँग पराजित भएकी थिइन्।

सत्कार घती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदकभन्दा माथि पुग्न सकेनन्। मगर १० वर्षमुनि ब्वाइज एडभान्समा र राजकुमार २२ देखि ४५ बर्ष एडभानसमा पराजित हुँदै कास्यमा सीमित भएका हुन्। २० देखि २१ नोभेम्बरसंम्म सञ्चालित च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रका २५० खेलाडीहरुले आफ्नो कौशलता अनलाइनमार्फत प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: २१:१५ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्