Kathmandu Press

८५ वर्षीय गायक जगत मर्दनले जिते कोरोना

काठमाडौं, मंसिर १० : वरिष्ठ गायक जगतमर्दन थापा कोरोनाबाट मुक्त भएका छन् । विगत दुई हप्तादेखि कोरोनाका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत थापाको...
८५ वर्षीय गायक जगत मर्दनले जिते कोरोना
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १० : वरिष्ठ गायक जगतमर्दन थापा कोरोनाबाट मुक्त भएका छन् ।

विगत दुई हप्तादेखि कोरोनाका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत थापाको कोरोना रिेपोर्ट नेगेटिभ आएको छ । ‘बुबा कोरोनाबाट मुक्त हुनुभएको छ, उहाँको स्वास्थ्य पुरै सुधार भएको छ’ जगतका छोरो मोहितले भने । 

कोरोना लागेपछि उनी नर्भिक अस्पतालको कोरोना वार्डमाउपचार गर्दै आएका थिए । अहिले भने उनलाई कोरोना रिेपोर्ट नेगेटिभ आएपछि सामान्य वार्डमा सारिएको छ। 

८५ बर्षिय थापा विगत लामो समयदेखि नेपाली कला र संगितको क्षेत्रमा सक्रिय छन् । उनले ८५ बर्षको उमेरमा नयाँ गिति एल्बम निकाल्ने तयारी गरिरहेका छन् । 

याे पनि : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’
 

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्