Kathmandu Press

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी काम गर्न देउवाकाे निर्देशन

'हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ,' उनले भने, 'अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस्।’
आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी काम गर्न देउवाकाे निर्देशन

काठमाडौंं, वैशाख १४ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन्।

पूर्वकर्मचारी समाज नेपालको शुक्रबार काठमाडौंमा भएको छैटौं साधारण सभालाई सम्बोधन गर्दै उनले उनले लोकतन्त्र प्राप्तिका लागि भएकादेखि हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए।

Hardik ivf

'हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ,' उनले भने, 'अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस्।’

देउवाले सरकार परिवर्तन भइरहे पनि कर्मचारीतन्त्र स्थायी हुने बताउँदै सभापति देउवाले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई छ। सरकारको सफलता र असफलतामा कर्मचारीको ठुलाे हात हुन्छ।’

पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता पनि देउवाले औंल्याए।

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्