Kathmandu Press

सुनको मूल्य एक हजार रुपैयाँले ह्रास

काठमाडौं, मंसिर १० : स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ। कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा...
सुनको मूल्य एक हजार रुपैयाँले ह्रास
Hardik ivf

काठमाडौं, मंसिर १० : स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ। कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ। 

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको छ। मङ्गलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज एक हजार रुपैयाँले घटेको हो। 

यस्तै मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेर ९१ हजार रुपैयाँमा कारोवार भएको छ।
 
यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको छ। केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो।

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्