कोरोना संक्रमणबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु
काठमाडौं, मंसिर ९ : कोरोना संक्रमणको कारण सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। प्रहरी निरीक्षक...
काठमाडौं, मंसिर ९ : कोरोना संक्रमणको कारण सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ।
प्रहरी निरीक्षक नवीन बुढाथोकीको विराट मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजमा भर्ना गरिएको बुढाथोकीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।
उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकलमा भर्ना गरिएको शसस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार