Kathmandu Press

कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ : सभापति देउवा

अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए।
कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५औं दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भएपनि अझै बलियो हुन नसकेको बताएका हुन्। 

‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन्,’ उनले भने, ‘लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ। पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो। तर, अझै पनि त्यती बलियो भइ सकेका छैनौं।’ 

Hardik ivf

अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए।

‘अहिलेको संविधान एकदमै राम्रो छ। तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने। सम्झौताहरु गर्नुपर्ने खालको अवस्था छ,’ उनले भने, ‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्। त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै।’

स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ। 

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व.दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, समाजवादी चिन्तक भएको भन्दै उनको निधनले धेरै नै ठूलो क्षती भएको बताए। 

‘स्व. दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो। उहाँ समाजवादी चिन्तक, सहज र सरल पनि हुनुहुन्थ्यो। पार्टीभित्र कहिले काही विवादको रेखा देखा परेपनि उहाँसँगको सम्बन्ध सधैँ राम्रो नै थियो,’ उनले भने, ‘त्यसकारण आज यसरी शोक मनाउनु पर्दा एकदमै दुःख लागेको छ । उहाँको निधनले धेरै नै ठूलो क्षति भएको छ।’

 
 

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्