Kathmandu Press

इपिएलमा बर्नलीको पहिलो जित

काठमाडौं, मंसिर ९ : इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजनमा बर्नलीको पहिलो जित निकालेको छ । तालिकाको १७ औं स्थानमा उक्लिने क्रममा बर्नलीले...
इपिएलमा बर्नलीको पहिलो जित

काठमाडौं, मंसिर ९ : इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजनमा बर्नलीको पहिलो जित निकालेको छ । तालिकाको १७ औं स्थानमा उक्लिने क्रममा बर्नलीले गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

प्यालेस विरुद्धको खेलमा बर्नलीलाई विजयी गराउन क्रिस उडले निर्णायक गोल गरे । जितसँगै बर्नली ९ खेलबाट ५ अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठेको छ । गएराती नै भएको अर्को खेलमा साउथह्याम्प्टनले वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।

यो बराबरीसँगै साउथह्याम्पटनले तालिकाको तेस्रो स्थानमा उक्लिने अवसर खेर फालेको छ । ९ खेलबाट १७ अंक जोडेको साउथह्याम्पटन तालिकाको पाँचौ स्थानमा रहेको छ ।

२० अंकसहित टोटनह्याम हट्सपर शीर्ष स्थानमा रहँदा समान २० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । तेस्रो र चौथो स्थानमा रहेका चेल्सी र लेष्टर सिटीको समान १८–१८ अंक छ । 

प्रकाशित मिति: १४:१३ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्