Kathmandu Press

प्रदेश १ मा नेपाली चलचित्र महोत्सव हुँदै

काठमाडौं, मंसिर ८ : नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले आउँदो वैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने भएको छ। नेपाल चलचित्रकर्मी...
प्रदेश १ मा नेपाली चलचित्र महोत्सव हुँदै

काठमाडौं, मंसिर ८ : नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले आउँदो वैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने भएको छ। 

नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानका अनुसार कोरानाका कारण सुस्ताएको फिल्म उद्योगलाई चलायमान बनाउन र प्रदेश नं १ मा भएका चलचित्र सम्बन्धि क्षेत्रलाई  प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा प्रदेश १ मा बनेका फिल्म र सर्ट फिल्म प्रदर्शन गरिने उनले बताए। महोत्सवमा चलचित्र सम्बन्धि कार्यशाला र फिल्मकर्मीलाई सम्मान  गरिनेछ। 

उनका अनुसार २०७६ मा प्रदेश नं १ सरकारले चलचित्र महोत्सव गर्ने तयारी गरे पनि विभिन्न कारणले रोकिँदा फिल्मकर्मीलाई पीडाबोध भएको  । अन्तक्रिया कार्यक्रमका महासचिव दिनेश कोइरालाले नेपाल चलचिकर्मी महासंघ प्रदेश नं १ मा हालसम्म १३ वटा पेशागत संघसंस्था आवद्ध रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: २३:०५ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्