Kathmandu Press

कोराना महामारीबीच एक सय ३२ बालबालिकाको उद्धार

काठमाडौं, मसिर ८ : कोरोना भाइरसको महामारी सुरु भएयताका आठ महिनामा सडकबाट एक सय ३२ बालबालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का...
कोराना महामारीबीच एक सय ३२ बालबालिकाको उद्धार
Hardik ivfHardik ivf

काठमाडौं, मसिर ८ : कोरोना भाइरसको महामारी सुरु भएयताका आठ महिनामा सडकबाट एक सय ३२ बालबालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार गत चैतदेखि कात्तिकसम्म सडकबाट बालबालिकाको उद्धार गरिएको हो।

कोरोनाको त्रासमा कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले विपन्न तथा दैनिक ज्यालादारीमा निर्भर भएका परिवारका बालबालिकाहरु सडकमा आउनुपर्ने बाध्यता बनेको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए। ‘कोभिड–१९ को उच्च जोखिम बालबालिका हुँदा पनि सडक बालबालिकाको संख्यामा कमि आएको छैन,’ चन्दले भने।

बालअधिकार परिषद्का अनुसार कोरोनाको समयमा आर्थिक संकटका कारण न्यून वर्गका बालबालिका सडकमा आइपुगेको बताए । ‘ज्याला मजदुरी गर्ने र परिवार विहिन भएका बालबालिका सडकमा आइपुगेको हुन,’ उनले भने।

परिषद्को तथ्यांकअनुसार, गत चैतमा १०, जेठमा ४५, असारमा २२, साउनमा दुई, भदौंमा ६, असोजमा ३४ र कात्तिकमा १३ बालबालिकाको उद्धार गरिएको हो।

कोरोनाको त्रास सुरु भएपछि असोज महिना सडक बालबालिकाको संख्या बढेको उनको भनाइ छ। ‘बालबालिकामा कोरोनाको उच्च जोखिम हुने भएकाले सडकमा कुनै बालबालिकालाई बस्न दिइएको छैन,’ उनले भने। महानगर, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी र परिषद्सँग सम्बन्धित व्यक्तिले सडक बालबालिका खोजेर केन्द्रमा पठाउने गरेका छन्।

 

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्