Kathmandu Press

ला लिगा फुटबलमा एट्लेटिकोसँग बार्सिलोना पराजित 

काठमाडौं, मंसिर ७ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ ।शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना १–०...
ला लिगा फुटबलमा एट्लेटिकोसँग बार्सिलोना पराजित 

काठमाडौं, मंसिर ७ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ ।

शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना १–० ले पराजित भएको हो । एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो ।

सन् २०१० पछि एट्लेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएको हो । हारपछि बार्सिलोना ८ खेलबाट ११ अंकका साथ १० औँ स्थानमा छ ।

एट्लेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एट्लेटिकोले ८ खेलबाट २० अंक जोडेको छ । 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्