Kathmandu Press

प्रहरी हाैं भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ

महेन्द्रनगर, कात्तिक २४ : कञ्चनपुरमा  प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।सोमबार जिल्ला प्रहरी कार्यालयमा...
प्रहरी हाैं भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ
सांकेतिक तस्वीर।

महेन्द्रनगर, कात्तिक २४ : कञ्चनपुरमा  प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले लुटपाटमा संलग्न बेदकोट नगरपालिका–१ का २८ वर्षीय केदार विष्ट, बेदकोट–२ का २२ वर्षीय पारसमणी जोशी र कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दीपक भट्टलाई सार्वजनिक गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले पक्राउ परेका युवा समूहबाट एक थान पेस्तोल, दुई राउण्ड गोली,  तीन लाख नगद र चार थान मोबाइल बरामद गरेको बताए।  अभियुक्तले बेदकोट नगरपालिका–५ पोलखरीस्थित हरेन्द्र बोहराको घरमा गई यही कात्तिक १९ गते सो घटना घटाएको प्रहरी उपरीक्षक मरासिनीले बताए।

“अभियुक्तको समूहले प्रहरी ब्यूरोबाट आएका हौँ भनेर राति घटना गराएपछि हामीलाई दोस्रो दिन बिहान जानकारी आयो”, उनले भने, “चाडपर्वका बेला भएको यो गम्भीर खालको घटना हो।” उनले दोषीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाउँदै घटनामा संलग्न सातदेखि नौ जनाको समूह हुनसक्ने बताए। 

 “घटनास्थलमा गोली र अनुसन्धान गर्दै जाँदा अभियुक्त केदारको घरमा पेस्तोल भेटिएको थियो”, मरासिनीले भने, “पक्राउ परेकाको विगतको आचरण पनि बुझ्दै छौँ।” रासस

प्रकाशित मिति: ०१:२८ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्